एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, १२ असार २०८३, १९ : १५
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) सँग सदन, सडक र आगामी निर्वाचनमा समेत सहकार्य हुने बताएका छन् ।

विराटनगरमा आयोजित पार्टीको काेशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक दाहालले एमालेसँगको सहकार्यबारे सकारात्मक वातावरण बनेको बताए । उनले सहकार्य केवल नीति मात्र नभई पार्टीभित्रको छलफलबाट आएको निष्कर्ष भएको उल्लेख गरे ।

‘अहिले सदनमा बलियो उपस्थिति जनाउन पनि सहकार्य आवश्यक भएको छ। सडकमा पनि सहकार्य हुन्छ र आगामी निर्वाचनमा समेत सहकार्य हुनेछ’, उनले भने ।

उनले तत्कालै पार्टी एकता हुने अवस्था भने नरहेको स्पष्ट पार्दै सहकार्यका लागि आवश्यक आधार तयार भएको बताए ।संयोजक दाहालले पार्टीको आगामी महाधिवेशनले नयाँ राजनीतिक क्रमको सुरुआत गर्ने दाबी गरे ।