चितवन । देशभरमा नै पहिलो पटक चितवनको भरतपुर महानगरले लालपूर्जा वितरणको प्रक्रियाका लागि भूूमिको निस्सा कागज वितरण गरेको छ ।
राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगरको वडा नम्बर १४ शिवनगरका भुमिहिनहरुका लागी भरतपुर महानगर प्रमुख रेनु दाहालले निस्सा कागज वितरण गरेकी हुन् ।
लामो समयको प्रतिक्षाको घडि पुरा भएको भन्दै निस्सा पाएका स्थिानियहरुले अव जग्ग पाईने भन्दै खुसी व्यक्त गरेका थिए । निस्सा बितरण पछि फिल्ड प्राविधिकसहित स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा पूर्जा वितरणको अन्तिम प्रक्रियाको लागि सेटेलाइट र नापीको पनि काम सुरु भएको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिए े ।
आयोगले भरतपुर महानगरपालिकाको ६ वटा वडा, कालिका नगर र माडी नगरपालिकाको ३ ३ वटा वडा गरि १२ वटा वडाबाट पहिलो चरणमा काम सुरु गरेको हो ।
सो अवसरमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले आफुहरुले चुनावी बाचा अनुसार जनताको आधारभूत आवश्यकता वासको लागि निस्सा बितरण गर्न पाउदा खुसी लागेको बताउदै अब छिटै सबै प्रक्रिया पुरा गरी रातो पुर्जा समेत बितरण गरिने बताइन ।
जनताको आवश्यकता पुरा गर्नु नै आफ्नो मुख्य जिम्मेवारी रहेको बताउदै मेयर दाहालले आफुले जनतामा गरेका बाचा पुरा गरीछाडेको समेत बताइन । बाटाघाट भौतिक पुर्वाधार खानेपानि शिक्षां स्वास्थ्य, पर्यटन लगाएतका धेरै कुरामा महानगरले नमुना काम गरेको उनको भनाई थियो ।
चितवनको ३ वटा स्थानिय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली आफै फिल्डमा खटिएर काम गरेको छ । भरतपुर महानगरकी प्रमु्ख मेयर रेनु दाहाल र कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठसँग छलफल, भेटघाटसगैँ लालपूर्जा वितरण गर्ने स्थानहरुको आफै निरीक्षण गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
अमिनीसहित बाँकी स्थानिय पालिकाले सहयोग गर्न पठाएका प्राविधिकसहितका बढी ४ जना गरि ६ जनाको टोली प्रत्येक वडामा खटिई सबै विवरण डिजिटलाईजेसन गरेसगैँ लालपूर्जा वितरणको कार्य सुरुवात हुने अध्यक्ष तिमिल्सिनाले बताए ।
भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, कालिका नगरमा ५ हजार ५ सय ५९ जना र माडी नगरमा ५ हजार ४ सय ५६ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ माघ २०७८, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता