एजेन्सी । भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु भएको छ । यो भारतमा तेस्रो लहर सुरु भएपछि अहिलेसम्मकै धेरै मृत्यु हो । त्यस्तै, पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार जना संक्रमित भएका छन् ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि भारतमा संक्रमित ह्वात्तै बढेको छ । अहिलेसम्म ६ हजार ९९२ जनामा ओमिक्रोन देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ४ दशमलव ३६ प्रतिशतले बढी हो ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर १७ दशमलब ५४ प्रतिशत छ । केही राज्यमा संक्रमण दर ‘पिक’ मा पुगेर घट्न थालेको विज्ञहरुले बताएका छन् ।
                
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०७ माघ २०७८, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’