काठमाडौं । गृहमन्त्री सुधन गुरुङले झापाको काँकडभिट्टा नाका निरीक्षण गरेसँगै त्यहाँ कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू छानबिनको दायरमा आएका छन् ।
नाकामा देखिएको तस्करीको जालो र त्यसमा प्रहरी प्रशासनको प्रत्यक्ष संलग्नता रहेको आरोप स्थानीयले लगाएसँगै गृहमन्त्री गुरुङले इलाका प्रहरी काँकडभिट्टाका डीएसपी निशेष चापागाईं र सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्टका डीएसपी विकास थापाको मोबाइल नियन्त्रणमा लिएका हुन् ।
यो घटनाले अहिले सुरक्षा निकायमा ठूलो हलचल पैदा गरिदिएको छ । लोकान्तरलाई उच्च स्रोतले जानकारी दिए अनुसार डीएसपी चापागाईंसहित नेपाल प्रहरीका ५ र सशस्त्र प्रहरीका डीएसपी थापासँगै ६ जना गरी कूल ११ जना सुरक्षाकर्मीमाथि तस्करीमा सहयोग गरेको र आर्थिक लाभ लिएको आरोपमा छानबिन शुरू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असार २०८३, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन