चितवन । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार नाघेको छ । आज (मंगलबार) एकै दिन २४६ जना कोरोना संक्रमित थपिएसंगै चितवनमा संक्रमितको संख्या एक हजार नाघेको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज दिउँसोसम्ममा कुल सक्रिय संक्रमितको संख्या एक हजार १२७ पुगेको छ । संक्रमित मध्ये एक हजार ८७ जना होम आइसोलेसनमा छन् भने ४० जना अस्पतालमा उपचाररत छन् ।
सबैभन्दा बढी संक्रमित भरतपुर महानगरपालिकामा छन् । महानगर भित्र मात्रै संक्रमितको संख्या ९२८ पुगेको छ । यस्तै रत्ननगर नगरपालिकामा ८२, खैरहनी नगरपालिकामा ३६, राप्ती नगरपालिकामा ३१, कालिका नगरपालिकामा २२, माडी नगरपालिकामा १५ र इच्छाकामना गाउँपालिकामा १३ जना संक्रिय संक्रमित छन् ।
यस्तै आज (मंगलबार) २४६ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१८ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका १०, खैरहनीका ५, कालिकाका ५, राप्तीका ४ र माडीका १ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै कोरोनाको कारण भने आज कसैको पनि मृत्यु भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ माघ २०७८, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत