काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् र आफ्नो सचिवालयलाई पूर्णता दिन चौतर्फी दबाब आइरहेको छ । यस कारण मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने विषयमा छलफल थालेका छन् । देउवा सचिवालयका अनुसार एक हप्ताभित्र मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने गरी छलफल थालिएको छ ।
गत असार २९ गते प्रधानमन्त्री भएका देउवाले असोज २२ मा मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए । तर यो बीचमा दुई मन्त्रीले राजीनामा दिएका थिए । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल र रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्रीविहीन बनेको हो । सोही मन्त्रालयमा देउवाले नयाँ नियुक्ति गरेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग नाम जोडिएपछि असोज २२ मा मन्त्री भएका हमालले असोज २४ गते राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय देउवाले नै सम्हाल्दै आएका छन् । यस्तै १४ औं महाधिवेशनमा महामन्त्रीमा नराम्रो पराजय भोगेपछि रिजालले पनि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले सम्हालेको अवस्था छ ।
रिक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिन सत्तारूढ दलहरूबीच हानथाप चलेको छ । काँग्रेसको कोटाबाटै हमाल मन्त्री नियुक्त भएको भन्दै प्रतिरक्षा गरेका सत्ता घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पनि उक्त मन्त्रालयमा दाबी छ । तर, प्रधानमन्त्री देउवा भने उक्त मन्त्रालय काँग्रेसकै भागमा राख्न लागि परेका छन् ।
देउवाले राज्यमन्त्री उमेश श्रेष्ठलाई उद्योगमन्त्री बनाउने चर्चा छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तेजुलाल चौधरीको नाम देउवा समक्ष राखेका छन् । पौडेल असोज २२ मै चौधरीलाई मन्त्री बनाउन चाहेका थिए । तर देउवाले दिलेन्द्र बडू र मिनेन्द्र रिजाल रोजेपछि चौधरी मन्त्री बन्नबाट बन्चित भएका थिए । उनी उक्त दुई मन्त्रालयमा नयाँ मन्त्री ल्याउने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ माघ २०७८, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने
सिंगापुरबाट फर्किदै देउवा, पार्टीमा आफैं सक्रिय हुने तयारी
देउवाको साथ छोड्दै गगनसंग नजिकिए यि कांग्रेसी नेता