काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको बताएका छन् ।
आज बिहान आफूसँग भेट गर्न आएका नेता-कार्यकर्तासँग देउवाले यस्तो बताएका हुन् । ‘पार्टी फोड्ने प्रयास गरेका छन् तर पार्टी फुट्दैन । म विश्वस्त छु’, भेटका क्रममा नेताहरूसँग उनले भने । विशेष महाधिवेशन पक्षले बन्द सत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने उनको भनाइ छ ।
संस्थापन पक्षकै केही नेताहरू आज बिहान देउवालाई भेट्न गएका थिए । उनले यो विशेष महाधिवेशन वैधानिक नभएको बताएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सुरु भएको छ । आज बन्द सत्रका कार्यक्रम सुरु हुँदै छन् । यो महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०८२, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए