काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिनको (सोमबार) कारोबारमा वृद्धि भएको छ ।
आज भएको कारोबारको सुरुवातमा ओरालो लागेको नेप्से बजारमा शेयर खरिदकर्ता हाबी हुँदा दिनभरीको तिव्र उतारचढावका बीच परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स पनि ३.७० अंकले बढेको छ । यस्तै फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक बढेको छ ।
सोमबार कारोबार भएका २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको किनबेच भएको छ । अघिल्लो दिन आइतबार ९ अर्ब माथिको कारोबार भएको थियो । यसरी हेर्दा आइतबारको तुलनामा कारोबार रकममा भने कमि आएको छ ।
सोमबार नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढ्दा ५ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ । तर यता विकास बैंक, वित्त, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ ।
सोमबार कारोबारमा आएको मध्य भोटेकोशीको शेयरमा सकारात्मक सर्किटको तहमा कारोबार भएको छ । त्यस्तै, सनराइज ब्लुचीप फण्डको इकाई मूल्य र सिंगटी हाइड्रोपावर तथा सीईडिबी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।
कारोबार रकमका आधारमा ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । त्यस्तै , अपि पावरको ४१ करोडको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ माघ २०७८, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे