पोर्चुगलकी उपविदेशमन्त्री आज नेपाल आउँदै

सफल खबर संवाददाता

बुधबार, १६ बैशाख २०८३, ०७ : ५९
पोर्चुगलकी उपविदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । पोर्चुगलकी उपविदेशमन्त्री डा. आना इसाबेल जेभियर नेपालको तीनदिने भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छिन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणमा उनी नेपाल आउन लागेकी हुन् ।

“परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा, उप–विदेशमन्त्री (विदेश मामिला तथा सहयोग सचिव) डा. आना इसाबेल जेभियर २९ अप्रिलदेखि १ मे २०२६ सम्म (वैशाख १६ गतेदेखि १८ गतेसम्म) नेपालको औपचारिक भ्रमणमा आउनुहुनेछ,” परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल भ्रमणका क्रममा उनले बिहीबार (वैशाख १७ गते) परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । सोही दिन उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यी भेटघाटहरूको क्रममा दुवै पक्षले द्विपक्षीय सम्बन्धको स्थितिको समीक्षा गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस