सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका-१ बुम्रे का ५२ बर्षीय दानु शेर्पाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ बर्षीय वाङदी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
वाङदीले आइतबार राति दाउराले टाउकोमा प्रहार गरी दानुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीले वाङदीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ माघ २०७८, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या
कैलालीमा घरायसी विवादमा श्रीमतीले गरिन श्रीमानको हत्या
विवाद भएपछि साथीको हत्या, एक जना पक्राउ