काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कफ्र्यु लगाइएको छ । त्यहाँ कोरोना भाइरसको सङ्क्रमण निरन्तर बढ्न थालेपछि दिल्ली राज्य सरकारले आज सोमबारबाट रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको हो ।
बीबीसी हिन्दीका अनुसार कोरोनाको ओमिक्रोन भेरिअन्टसँग सम्बन्धित घटनाहरु बढेपछि कफ्र्यु घोषणा गरिएको हो । दिल्ली सरकारले हरेक दिन राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा दिल्लीमा २९० जना नयाँ सङ्क्रमित फेला परेका छन् । दिल्लीमा उक्त सङ्ख्या पछिल्लो ६ महिनायताकै सर्वाधिक भएको बताइएको छ । थप संक्रमण फैलन नदिन दिल्ली सरकारले प्रतिबन्धात्मक कार्यहरु थालेको हो ।
भारतभर पछिल्लो २४ घण्टामा करिब ७ हजार नयाँ सङ्क्रमित थपिएका छन् । संक्रमण रोक्न दिल्लीबाहेक अरू कैयौँ भारतीय राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् । साथै मानिसहरूलाई भेला तथा समारोह गर्न समे निषेध गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १२ पुस २०७८, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली
शनिबार पनि दिल्लीको हावा 'गम्भीर' श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा
दिल्ली प्रहरीले बरामद गर्यो २० अर्ब भारुको कोकिन
दिल्लीका मुख्यमन्त्री केजरीवाल धरौटीमा रिहा