काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ ।
सभापतिको दौडमा शेरबहादुर देउवा, प्रकाशमानसिंह, विमलेन्द्र निधि, शेखर कोइराला र कल्याण गुरुङ रहेका छन् । गुरुङबाहेक बाँकी चार जनाले प्यानलसहित सभापतिको प्रतिस्पर्धामा मैदानमा उत्रिएका छन् ।
नेतृत्व चयनका लागि मतदानअघि आफू पक्षधर नेताहरूलाई देउवा समूहले बाँडेको मतपत्रको नमुनामा देउवा समूहमा शशांक कोइरालाको नाम पनि उल्लेख छ ।
कोइराला परिवारबाट शेखर प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका बेला उनकै परिवारिक सदस्य शशांक देउवा समूहमा रहँदा सुजाता कोइराला प्रकाशमान सिंह समूहबाट उपसभापतिको उम्मेदवार बनेकी छन् ।
देउवा समूहले बाँडेको नमुना मतपत्रमा ३५ सिटका लागि हुने खुला खुला सदस्यमा नाम उल्लेख छ । कांग्रेस निर्वाचन समितिले दिइने मतपत्रको क्रम संख्या ८१ शशांकको नाम रहेको जनाउ दिने गरी देउवा समूहले नमुना मतपत्र बाँडेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार