तुलसीपुर । दाङको तुलसीपुरबाट यात्रु लिएर सल्यानको सिमपानीका लागि छुटेको जिप तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–३ कपुरकोट बजारका ४८ वर्षीय प्रेमप्रकाश शर्मा, कपुरकोट गाउँपालिका–३ कटौंजेरीकी २५ वर्षीया लालमती खड्का र कपुरकोट गाउँपालिका–४ धनबाङकी ४६ वर्षीया सौनी घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
त्यसैगरी, घाइतेमध्ये गम्भीर भएका १० जनलाई नेपालगन्ज रिफर गरिएको छ । रिफर हुनेमा कपुरकोट गाउँपालिका–३ बस्ने ४५ वर्षीया देवा चापागार्इं, २७ वर्षीय भुपबहादुर थापा, २२ वर्षीय धर्म थापा, किमिरेचौरका ३६ वर्षीय डम्बरबहादुर बुढाथोकी, कपुरकोट गाउँपालिका–१ की आरती पुन, १९ वर्षीया रमिता बस्नेत, अनिता पुन, दिलबहादुर बुढा, कर्णबहादुर खड्का र चन्द्रबहादुर खड्का रहेका छन् ।
२० यात्रु सवार रा१ज ४३८ नम्बरको जिप सडकदेखि करिब सय मिटर तल खेतमा खसेको थियो । उकालोमा गेयर फालेर ब्याक हुँदा जिप दुर्घटना भएको प्रनाउ अर्यालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु