सुर्खेत । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शारदा नगरपालिका–१३ का २५ वर्षीय वसन्त बुढाथोकी रहेका छन्।
चालक समेत रहेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख हेम बहादुर केसीले बताए ।
शनिबार बिहान श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे १ त २०९० नम्बरको ट्याक्टर शनिबार बिहान करिब ७ बजे बागचौर नगरपालिका–१०, भाटबिटेस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो।
भानुभक्त माध्यमिक विद्यालय, दमाचौरको निर्माण सामग्री बोकेको उक्त ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ बैशाख २०८३, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते