काठमाडौँ । दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको भएको हो । मृत्यु हुनेको पहिचान खुलेको छैन ।
राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकाहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिए ।
जीप सडकबाट करिब २ सय मिटर तल खेतमा खसेको छ । जीपमा १३ जना यात्रु रहेको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ मंसिर २०७८, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते