काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफूहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको आशीर्वाद रहेको बताएका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुन सभापति उठेको दाबी गर्दै उनको आशीर्वाद आफूहरुलाई रहेको बताए । उनले पौडेल कांग्रेसको सम्मानित नेता रहेको बताए ।
‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, कोइरालाले भने, ‘ उहाँहरुको आशीर्वाद हामीले प्राप्त गरेका छौँ । हामीले भेटेका पनि छौँ । सबै टीमलाई उहाँहरुको आशीर्वाद छ ।’ उनले आफूले जिते सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ मंसिर २०७८, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकता कायम राख्न डा. शेखर कोइरालाले राखे ५ प्रस्ताव
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला