काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफूहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको आशीर्वाद रहेको बताएका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुन सभापति उठेको दाबी गर्दै उनको आशीर्वाद आफूहरुलाई रहेको बताए । उनले पौडेल कांग्रेसको सम्मानित नेता रहेको बताए ।
‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, कोइरालाले भने, ‘ उहाँहरुको आशीर्वाद हामीले प्राप्त गरेका छौँ । हामीले भेटेका पनि छौँ । सबै टीमलाई उहाँहरुको आशीर्वाद छ ।’ उनले आफूले जिते सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ मंसिर २०७८, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिमरा घटनाप्रति शेखर कोइरालाको चिन्ता- संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ
कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला
कांग्रेसकै ऊर्जा भर्न हस्ताक्षर अभियान भएको हो : शेखर कोइराला
समयमै चुनाव हुने अपेक्षा लिएका छौं: शेखर कोइराला
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह