काठमाडौ । नेपाली कांग्रेसमा एकता कायम राख्न डा. शेखर कोइरालाले पार्टी सभापति र पदाधिकारीसमक्ष ५ प्रस्ताव राखेका छन् ।
उनले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्न र १४औँ महाधिवेशनपछिका सदस्यताकै आधारमा निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
यस्तै, केन्द्रीय कार्यसमिति समायोजन, कार्यसम्पादन समितिमा सभापतिको बहुमत र विभिन्न समितिहरू आपसी सहमतिमा गठन गर्नुपर्ने कोइरालाको भनाइ छ ।
पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि विवादमा रुमलिएको नेपाली कांग्रेसमा एकता कायम राख्न नेता डा. शेखर कोइरालाले ५ प्रस्ताव राखेका छन् ।
आफूलाई भेट्न आएका सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेललगायतसँग डा. कोइरालाले पार्टीका एकता कायम राख्न भन्दै ५ प्रस्ताव राखेको सचिवालयले जानकारी दिएको हो ।
डा. कोइरालाले रातोपाटीसँग आइतबार भएको कुराकानीमा पनि आफूले पार्टीमा एकता कायम राख्नका लागि केही प्रस्ताव सभापति र पदाधिकारीसमक्ष राखेको बताएका थिए । ‘मलाई वरिष्ठ नेता चाहिएको छैन । पार्टीमा एकता कायम राख्नुपर्छ भनेको छु । त्यसका लागि गर्नुपर्ने केही काम पनि मैले पार्टी पदाधिकारीलाई दिएको छु,’ कोइरालाले भनेका थिए ।
कोइरालालाई चैत २२ गते महामन्त्री प्रदीप पौडेल र वैशाख २३ गते सभापति गगन थापाले उनकै सम्पर्क कार्यालय विशालनगरमा पुगेर भेटेका थिए । ती भेट र त्यसपछि पार्टी नेतृत्व र पदाधिकारीसँग भएका अनौपचारिक कुराकानीमा कोइरालाले यी प्रस्ताव राखेका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
यस्ता छन्, कोइरालाका पार्टी एकता कायम राख्न गर्नुपर्ने ५ प्रस्ताव
१) १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने ।
२) १४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्ने ।
३) १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने ।
४) कार्य सम्पादन समिति सभापतिको बहुमत हुनेगरी गठन गर्ने ।
५) निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ जेठ २०८३, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी