काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको कुनै पनि समूहमा नभएको स्पष्टोक्ति दिएका छन् ।
शनिवार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाएका छन् ।
काँग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गराउने आफ्नो इच्छा रहेको नेता कोइरालाको भनाई थियो ।
सो क्रममा उनले बिपी कोइरालाको नाममा खोलिएको सो अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि त्यहाँबाट अवकाश पाएका चिकित्सकहरूको विशेष योगदान रहन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०८२, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल