काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मुख्य शक्ति नै आमकार्यकर्ता र प्रतिनिधि हुने भएकाले १०औं महाधिवेशनमा उहाँहरूकै इच्छाअनुसार आफू अघि बढ्ने बताएका छन् ।
उनले महाधिवेशनमा आफू केमा उठ्ने भन्ने कुराको निक्र्योल आमकार्यकर्ता र प्रतिनिधिले गर्ने भन्दै त्यस सम्बन्धमा आफू अहिले मौन रहेको स्पष्ट पारे ।
एमाले प्रचार विभागले महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार राष्ट्रिय सञ्चार माध्यमका सम्पादकसँग गरेको अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा हुने हरेक लोकतान्त्रिक अभ्यासलाई आपूmले सम्मान गर्ने बताए ।
ओलीले कुनै पनि उम्मेदवारलाई उसको इच्छाविपरीत सहमतिका नाममा बस्न आपूmले कुनै दबाब नदिने स्पष्ट पारे । आपूmविरुद्ध कोही उम्मेदवार हुन्छ भने बस्नका लागि दबाब पनि नदिने भन्दै उनले भने, ‘मैले उठ्ने निधो गरें भने मलाई छोड्न नि पाउँछ, चुनौती दिन पनि पाइन्छ । कसैले चुनौती दिएमा स्वागत गर्छु । लोकतन्त्रमा चुनौती स्वाभाविक कुरा हो, स्वाभाविक रूपमा लिनुपर्छ ।’ राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०८ मंसिर २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने