काठमाडौं । भारतको राजधानी शहर दिल्लीमा वायु प्रदूषण निकै खराब अवस्थामा पुगेको छ । आसपासका राज्यमा पराल जलाउँदा र दीपावलीमा भएको आतिशबाजीका कारण दिल्लीमा वायु प्रदूषण बढेको हो ।
शुक्रबार औसतमा दिल्लीको वायु गुणस्तर सूचकांक ३६० रहेको छ । तर, दिल्लीका कैयौं इलाका ‘जोखिमपूर्ण क्षेत्र’ ९रेड जोन० बन्न पुगेका छन् । शुक्रबार बिहान दिल्लीका दुई स्थानमा वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स) ७ सय पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचकांकलाई ‘राम्रो’ मानिन्छ । ५१ देखि १०० सम्मको सूचकांक ‘सन्तोषजनक’, १०१ देखि २०० सम्मको ‘मध्यम’ र २०१ देखि ३०० सम्मको सूचकांकलाई ‘खराब’ मानिन्छ । त्यस्तै ३०१ देखि ४०० सम्म ‘निकै खराब’ र ४०१ देखि ५०० सम्मको सूचकांकलाई ‘गम्भीर’ मानिन्छ ।
प्रतिकूल मौसमी अवस्थाका कारण उत्पन्न धुँवाका कारण वायु प्रदूषण बढेसँगै दिल्लीका कैयौं स्थानमा भिजिबिलिटी कम हुन पुगेको छ । दिल्लीको आकाशमा रहेको धुँवा अझै एक दिनसम्म रहने सेन्टर फर साइन्स एण्ड इन्भाइरोनमेन्टले जनाएको छ ।
केही दिनदेखि दिल्लीको वायु निकै खराब बनेसँगै मानिसले विभिन्न समस्या भोग्न थालेका छन् । विज्ञहरुले वायुमण्डलमा रहेको प्रदूषित धुँवाका कारण आपतकाल जस्तै अवस्था सिर्जना भएको भन्दै तत्काल कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।वायु प्रदूषण हुनुमा मुख्य कारक बनेका सवारी साधन, उद्योग तथा सडकमा कडाइ गर्नुपर्ने विज्ञहरूको राय छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २६ कार्तिक २०७८, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली
शनिबार पनि दिल्लीको हावा 'गम्भीर' श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा
दिल्ली प्रहरीले बरामद गर्यो २० अर्ब भारुको कोकिन
दिल्लीका मुख्यमन्त्री केजरीवाल धरौटीमा रिहा