लिभरपुल र आयाक्स च्याम्पियन्स लिगको नक आउट चरणमा

सफल खबर संवाददाता

विहीबार, १८ कार्तिक २०७८, ११ : ३६
लिभरपुल र आयाक्स च्याम्पियन्स लिगको नक आउट चरणमा

एजेन्सी । एथ्लेटिको मड्रिडलाई हराउँदै लिभरपुल युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा पुगेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुल २–० ले विजयी भयो ।

यो जितसँगै लिभरपुलले समूहका ४ खेलबाट १२ अंक जोड्दै नक आउट चरणमा आफ्नो स्थान पक्का ग¥यो । यो समूहमा ५ अंकसहित दोस्रो स्थानमा रहेको एफ।सी पोर्टोले गएराति एसी मिलानसँग १–१ गोलको बराबरी खेल्यो ।

गएराति भएको अर्को खेलमा जर्मनीको बोरुसीया डर्टमण्डलाई ३–१ ले हराउँदै नेदरल्याण्ड्सको आयाम्स एम्सटरडम पनि राउण्ड अफ सिक्सटिनमा पुगेको छ । समूहको अर्को खेलमा पोर्चुगलको स्पोर्टीङले टर्कीको बेसिक्तासलाई ४–० ले हरायो ।

च्याम्पियन्स लिगका अन्य खेलहरुमा स्पेनको रियाल मड्रिडले युक्रेनको शख्तरलाई २–१ ले हराउँदा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले बेल्जीयमको क्लब ब्रुजमाथि ४–१ को जित निकाल्यो । गएराति फ्रान्सको पिएसजीलाई जर्मनीको आर।बी लाइप्जीगले २–२ गोलको बराबरीमा रोक्दा इटालीको इन्टरमिलानले मल्दोभाको शेरिफ तिरास्पोललाई ३–१ ले पाखा लगायो ।

प्रतिक्रिया दिनुहोस