चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले १ वडा एक स्वास्थ्य केन्द्र घोषणालाई कार्यन्वयनमा ल्याएको बताएकी छन् ।
भरतपुर महानगरपालिका वडा नं. ५ स्थित आनन्दपुरमा सोमबार भिमलाल आधारभुत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गर्दै प्रमुख दाहालले जनप्रतिनिधीको रूपमा कार्यभार सम्हालेसंगै नगरवासीको आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी प्रत्यक वडामा न्यूनतमा एक स्वास्थ्य केन्द्र स्थापना गर्ने जुन लक्ष्य राखिएको थियो त्यो लक्ष्य पुरा भएको बताइन् । उनले हाल भरतपुर महानगरपालिका क्षेत्रभित्र ४२ वटा स्वास्थ्य केन्द्रहरूले आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी समेत दिइन् ।

स्वास्थ्य केन्द्रहरूको विस्तार र विकासले भतरपुर महानगरपालिका मेडिकल सिटीको रूपमा विकास हुदै गएको भन्दै दाहालले वडा न १४ को शिवनगर र वडा १९ को शारदानगरमा संचालन गरिएको नगरस्तरिय अस्पताललाई थप विस्तार गर्दै लगिने बताईन् । ‘भरतपुर महानगरपालिकाले पूर्वाधार विकासको क्षेत्रमा अरबौको लगानीमा ठूला साना आयोजनाहरूको काम भैरहेको छ’ उनले भनिन् ‘६ लेन सडक ,सिटीहल ,खानेपानिका आयोजनाहरू ,वाईपास सडक ,गौतमबुद्द अन्तराष्ट्रिय कृकेट रंगशाला लगायतका आयोजनाहरू सम्पन्न हुदा मध्यनेपालकै नमुना सहर भरतपुर बन्ने विश्वास मैलै लिएकी छु ।’
सो अवसरमा प्रमुख दाहालले भीमलाल आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता सापकोटा र चापागाई परिवारलाई धन्यवाद दिदै तोकिएकै समयमा निर्माण गरी गुणस्तरिय सेवा संचालन गर्न निर्माण व्यवसायी तथा व्यवस्थापन समितीलाई आग्रह गरिन् ।
यस्तै उपप्रमुख पार्वती शाह ठकुरीले महानगरवासीको स्वास्थ्य प्रवर्धनका लागि हमेसा लागि परेको भन्दै यसवाट अधिकतम लाभ लिन आग्रह गरिन् । स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा दान गर्ने सापकोटा र चापागाई परिवारलाई धन्यवाद व्यक्त गरिन् । उनले भरतपुर विकासमा महानगरहरुमा पहिलो भएको अनुभूती गरिरहेको बताउदै विकासमा सबैको साथ सहयोग र चासो रहेरै लक्ष्य पुरा भएको उल्लेख गरिन् ।
सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बन्धु सुबेदिले भरतपुरले विकासको मोडलले अन्य पालिकाहरूलाई सिकाईको बिषय बनेको भन्दै महानगरले सुशासनको अधिकतम प्रत्याभूती दिनेगरी सेवा प्रवाहलाई डिजिटलाईज प्रणालीमा लैजाने तयारी गरिरहेको बताए ।
कार्यक्रममा अध्यक्ष वडा न १० तथा प्रवक्ता अरूण पिडित भण्डारीले नागरिकलाई स्वस्थ राख्नु अहिलेको मुख्य उद्धेश्य भएको भन्दै महानगरले सोही बमोजिम स्वास्थ्य संस्थाहरूको विस्तार र सेवा क्षेत्रमा स्तरोउन्नती गर्दै स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाईएको बताए ।
कार्यक्रममा दिपक सुबेदी भरतपुर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख भरतपुर महानगरपालिकाले नगरवासीलाई सबै वडास्तरमै आधारभूत सेवा प्रवाह गर्न २९ वटै वडामा स्वास्थ्य संस्थाहरू स्थापना गरी संचालनमा ल्याएको बताउदै यस नवनिर्मित स्वास्थ्य केन्द्रले सोही बमोजिम सेवा प्रवाह गर्ने बताए ।
कार्यक्रममा वडा न ५ का वडाध्यक्ष तथा स्वास्थ्य केन्द्र संचालन समितिका अध्यक्ष पदमपाणी सुबेदीले टाईप एको आधारभूत स्वास्थ्य सेवा केन्द्र ६५ लाख रुपैयाँ को लागतमा निर्माण हुने भवनमा छ कोठा रहने जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख दिपक सुबेदिले बताए । सो भवन निर्माणकालागी वडा न ५ निवासी डिलाराम सापकोटा र धवप्रसाद चापागाईको परिवारले एक कठ्ठा दश धुर जग्गा दान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ कार्तिक २०७८, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना