इरानी विदेशमन्त्री र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, १२ बैशाख २०८३, १५ : २८
इरानी विदेशमन्त्री र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता

 काठमाडौं । पाकिस्तान भ्रमणमा रहेका इरानका विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरबीच बैठक चलिरहेको छ ।

अमेरिका र इजरायलसँग जारी इरानको युद्धविराम र शान्ति सम्झौताबारे छलफल गर्न इरानी विदेशमन्त्री शुक्रबार राति पाकिस्तान आएका हुन् ।

पाकिस्तानी सेनाप्रमुख मुनीर अमेरिका-इरान युद्धविरामदेखि शान्ति वार्ता गराउनमा सक्रिय भूमिका निर्वाह गरिरहेका अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस