च्याम्पियन्स लिग : बार्सिलोनाको पहिलो जित

एजेन्सी

विहीबार, ०४ कार्तिक २०७८, ११ : ३०
च्याम्पियन्स लिग : बार्सिलोनाको पहिलो जित

च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले डिनोमो किभलाई १–० गोल अन्तरले पारजित गरेको हो ।

CG Developers Tansen Cement box

जेरार्ड पिकेले गरेको गोलमा बार्सिलोना विजयी बन्न सफल रह्यो । ३६ औं मिनेटमा पिकेले गोल गरेका थिए । जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पिके गोल गर्न सफल भएका थिए ।

च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो पटक सुरुवाती दुई खेलमा गुमएको थियो । यसअघि बार्सिलोना र बेनफिका दुवैसँग बार्सिलोना समान ३–० पराजित भएको थियो ।जितसँगै बार्सिलोना ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानको बायर्नको ६ अंक र बेनफिकाको ४ अंक छ ।