काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा गरेका आधा कामले नै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स भरिने बताएका छन् ।
बुधबार बागमती प्रदेशद्वारा आयोजित कार्यक्रममा बोल्दै आफ्नो नेतृत्वको सरकारले गरेका आधा कामले नै गिनिज बुक भरिने उनले बताए ।
उनले भने, ‘हामीले गरेका आधा कामले गिनिज बुक भरिन्छ । हामीले एकैचोटी २ सय १० वटा सडक शिलान्यास गर्यौँ । यो सरकारले के गर्यौँ ?’
उनका अनुसार देश विकास एमालेले मात्र गर्न सक्छ अरु कसैले गर्न सक्दैन । ‘काम गर्न हुति चाहिन्छ । काम गर्न एमालेले मात्र सक्छ । आज म यो देश बनाउने मान्छे चिनाइदिन्छु । कस्ले बनाउछ यो देश ?,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ कार्तिक २०७८, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने