सरकारले सय दिनमा अभूतपूर्व काम गर्यो : अर्थमन्त्री वाग्ले

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०८३, १६ : ५६
सरकारले सय दिनमा अभूतपूर्व काम गर्यो :  अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गरेका छन् ।

मंगलवार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो जिकिर गरेका हुन् ।

मन्त्री वाग्लेले सरकारले सय बुँदामा तोकिएको कामहरूमध्ये ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरू फत्ते गर्नु आफैँमा अभूतपूर्व काम गरेको तर्क गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस