भरतपुर अस्पतालले पायो स्वास्थ्य बीमा बोर्डबाट ९२ करोडभन्दा बढी भुक्तानी

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०८३, १९ : ५२
भरतपुर अस्पतालले पायो स्वास्थ्य बीमा बोर्डबाट ९२ करोडभन्दा बढी भुक्तानी

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले भरतपुर अस्पताललाई उपचार सेवाबापतको रु. ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी गरेको छ। अस्पतालले बिमा कार्यक्रमअन्तर्गत उपलब्ध गराएको सेवाको दाबीअनुसार उक्त रकम प्राप्त भएको हो।

अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेलका अनुसार उपचार खर्चबापत अझै करिब रु. ३६ करोड प्राप्त हुन बाँकी रहेको छ। अस्पतालले २०७४ साल भदौदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यसयता बिमा कार्यक्रममार्फत अस्पतालले रु. २ अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९ रुपैयाँ ९७ पैसा प्राप्त गरिसकेको जनाएको छ।

अस्पतालका अनुसार गत आर्थिक वर्षमा स्वास्थ्य बिमाअन्तर्गत ४ लाख ४१ हजार पटक सेवा प्रदान गरिएको थियो भने चालु आर्थिक वर्षमा यो संख्या ५ लाख नाघेको छ। चितवनसहित मकवानपुर, बारा, पर्सा, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, धादिङलगायत २२ भन्दा बढी जिल्लाका सेवाग्राहीले स्वास्थ्य बिमामार्फत यहाँ उपचार सेवा लिँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस