काठमाडौँ । सत्तारुढ गठबन्धन दल जसपाको संसदीय दलको नेता साउन १६ गते शनिबार चयन गरिने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता चयन गर्नका लागि चुनाव गरिने निर्णय गरेको हो । यद्यपि सकेसम्म सहमतिका आधारमा नेता छान्ने प्रयास गरिने नेताहरुले बताएका छन् ।
मंगलबारदेखि चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्यविभाजन गरेको छ । जस अनुसार नवराज सुवेदीलाई पार्टीभित्र पर्ने उजुरी छानविन गर्ने समितिको संयोजक बनाइएको छ ।
यस्तै नरसिंह चौधरीलाई लक्ष्मणलाल कर्णको ठाउँमा अनुशासन समितिको संयोजक बनाइएको छ । कर्ण महन्थ ठाकुर पक्षमा लागेपछि उनको ठाउँमा संयोजकको जिम्मेवारी चौधरीलाई दिइएको हो ।
जसपाको यसअघि बसेको बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्ने नेताहरुको नामावली माग गर्दा पनि जसपाले पठाउन सकेको छैन ।
यद्यपि बुधबार मन्त्री छान्नका लागि उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई जिम्मा दिइएको छ । केन्द्रीय कार्यकारिणी समितिका एक नेताका अनुसार उपेन्द्र यादवको नेतृत्वमा नै पार्टी सरकारमा सहभागी हुनेछ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १५ साउन २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै