काठमाडौँ । सत्तारुढ गठबन्धन दल जसपाको संसदीय दलको नेता साउन १६ गते शनिबार चयन गरिने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता चयन गर्नका लागि चुनाव गरिने निर्णय गरेको हो । यद्यपि सकेसम्म सहमतिका आधारमा नेता छान्ने प्रयास गरिने नेताहरुले बताएका छन् ।
मंगलबारदेखि चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्यविभाजन गरेको छ । जस अनुसार नवराज सुवेदीलाई पार्टीभित्र पर्ने उजुरी छानविन गर्ने समितिको संयोजक बनाइएको छ ।
यस्तै नरसिंह चौधरीलाई लक्ष्मणलाल कर्णको ठाउँमा अनुशासन समितिको संयोजक बनाइएको छ । कर्ण महन्थ ठाकुर पक्षमा लागेपछि उनको ठाउँमा संयोजकको जिम्मेवारी चौधरीलाई दिइएको हो ।
जसपाको यसअघि बसेको बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्ने नेताहरुको नामावली माग गर्दा पनि जसपाले पठाउन सकेको छैन ।
यद्यपि बुधबार मन्त्री छान्नका लागि उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई जिम्मा दिइएको छ । केन्द्रीय कार्यकारिणी समितिका एक नेताका अनुसार उपेन्द्र यादवको नेतृत्वमा नै पार्टी सरकारमा सहभागी हुनेछ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १५ साउन २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा