काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले दिएको आममाफीप्रति कटाक्ष गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई नेपालले श्री ५ को हुकुमको संज्ञा दिएका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले ओलीप्रति कटाक्ष गर्दै श्री ५ बडामहाराजधिराजबाट आममाफी आएको र हामी खुसीले गद्गद् भएको बताए । उनले भने, ‘हिजो महामहिम अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं ।’ नेपालले व्यग्य गर्दै भने, ‘अब नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो ।’
नेपालले स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें । अब फिर्ता लिएको छु भनिदिएको भए कति राम्रो हुने बताए । ओलीलाई नेपालले बादशाह भनेका छन् । उनले भने, ‘बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम भएको छैन ।’
एमाले वरिष्ठ नेता नेपालले ३ साउनमा प्रतिनिधिसभा विघटन गर्ने अर्को षड्यन्त्र असफल पारेको बताएका छन् । उनले अघि भने, ‘मसँगै जोडिएका २३ जना देउवालाई मत दिने २२ सांसद र समर्थन गर्ने झलनाथ खनाललाई सलाम भन्न चाहन्छु । ११ जना, जसले कमसेकम विपक्षमा भोट खसाल्नु भएन । उहाँलाई पनि सलाम भन्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ साउन २०७८, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प
०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैनः ओली
एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैनः ओली
विधान महाधिवेशनमा विद्याको विषय छलफल नहुने ओलीको अडान
ओलीलाई फरक मतको डर, विद्यान महाधिवेशन अगाडी केन्द्रीय कमिटी बैठक अनिश्चित