काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले दिएको आममाफीप्रति कटाक्ष गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई नेपालले श्री ५ को हुकुमको संज्ञा दिएका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले ओलीप्रति कटाक्ष गर्दै श्री ५ बडामहाराजधिराजबाट आममाफी आएको र हामी खुसीले गद्गद् भएको बताए । उनले भने, ‘हिजो महामहिम अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं ।’ नेपालले व्यग्य गर्दै भने, ‘अब नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो ।’
नेपालले स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें । अब फिर्ता लिएको छु भनिदिएको भए कति राम्रो हुने बताए । ओलीलाई नेपालले बादशाह भनेका छन् । उनले भने, ‘बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम भएको छैन ।’
एमाले वरिष्ठ नेता नेपालले ३ साउनमा प्रतिनिधिसभा विघटन गर्ने अर्को षड्यन्त्र असफल पारेको बताएका छन् । उनले अघि भने, ‘मसँगै जोडिएका २३ जना देउवालाई मत दिने २२ सांसद र समर्थन गर्ने झलनाथ खनाललाई सलाम भन्न चाहन्छु । ११ जना, जसले कमसेकम विपक्षमा भोट खसाल्नु भएन । उहाँलाई पनि सलाम भन्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ साउन २०७८, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने