काठमाडौं । नेकपा एमालको माधव नेपाल समूह पनि संसदको प्रतिपक्षमा बस्ने भएको छ । कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका २३ जना सांसद पनि प्रतिपक्षी बेञ्चमै बस्ने माधव नेपाल निकटका एक नेताले बताए ।
उनका अनुसार एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकले सशक्त प्रतिपक्षी भूमिकामा रहने र गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हुनाले प्रतिपक्षी बेञ्चमै बसिनेछ । केपी ओली र माधव नेपाल एउटै बेञ्चमा बस्ने वातावरण बन्ने ती नेताको भनाइ छ ।
ती नेताले भने, ‘हामी संसदको निरन्तरता चाहन्छौं । संसद जोगाउन हामी देउवालाई समर्थन गरेर अदालत गएका हौं । हाम्रो पार्टी फुटेको छैन । भोलि संसद जोगाउन पार्टीले देउवालाई विश्वासको मत दिन सक्ने अवस्था रहनसक्छ, तर अहिले प्रतिपक्षमै बस्नेछौँ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश