काठमाडौं । नेकपा एमालको माधव नेपाल समूह पनि संसदको प्रतिपक्षमा बस्ने भएको छ । कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका २३ जना सांसद पनि प्रतिपक्षी बेञ्चमै बस्ने माधव नेपाल निकटका एक नेताले बताए ।
उनका अनुसार एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकले सशक्त प्रतिपक्षी भूमिकामा रहने र गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हुनाले प्रतिपक्षी बेञ्चमै बसिनेछ । केपी ओली र माधव नेपाल एउटै बेञ्चमा बस्ने वातावरण बन्ने ती नेताको भनाइ छ ।
ती नेताले भने, ‘हामी संसदको निरन्तरता चाहन्छौं । संसद जोगाउन हामी देउवालाई समर्थन गरेर अदालत गएका हौं । हाम्रो पार्टी फुटेको छैन । भोलि संसद जोगाउन पार्टीले देउवालाई विश्वासको मत दिन सक्ने अवस्था रहनसक्छ, तर अहिले प्रतिपक्षमै बस्नेछौँ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव