तनहुँ । तनहुँमा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । भिमाद बजारबाट घिरिङ्ग गाउँपालिकाको पुट्टार जादै गरेको लु १ त ७२०७ नम्बरको ट्याक्टर भिमाद नगरपालिका– ३ सेर्कामा दुर्घटना भएको हो ।
दुर्घटनामा पुट्टारकाका ५३ बर्षीय यदुराज घिमिरेको मृत्यु भएको र ट्याक्टर चालक ३० बर्षीय ऋषि अधिकारी गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । ट्याक्टरका मालिक समेत रहेका अधिकारीलाई उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको प्रहरी निरीक्षक खड्काले बताए ।
दुर्घटनामा २० बर्षीय यामबहादु दरै सामान्य घाईते भएकोे र उहाँको भिमाद स्वास्थ केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फलामको सामान बोकेको ट्याक्टरमा सात जना सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ असार २०७८, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु