काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को विवाद निरुपण गर्न इजलास गठन गरेको छ ।
आयोग पदाधिकारीको आजको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । आयोगले सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
राजनीतिक दल सम्वन्धी ऐनअनुसार मङ्गलबार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास गरिएकोमा सहमति नभएपछि सुनुवाइका लागि इजलास गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टीको आधिकारिकता विवाद टुङ्ग्याउन माग गर्दै आयोगमा निवेदन दिएको हो ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २३ असार २०७८, २१ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने