काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को विवाद निरुपण गर्न इजलास गठन गरेको छ ।
आयोग पदाधिकारीको आजको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । आयोगले सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
राजनीतिक दल सम्वन्धी ऐनअनुसार मङ्गलबार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास गरिएकोमा सहमति नभएपछि सुनुवाइका लागि इजलास गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टीको आधिकारिकता विवाद टुङ्ग्याउन माग गर्दै आयोगमा निवेदन दिएको हो ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २३ असार २०७८, २१ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह
समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान
निर्वाचन आयोग: जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने