दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त

सफल खबर संवाददाता

मंगलबार, ०९ असार २०८३, ११ : १४
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त

काठमाडौँ । निर्वाचन आयोगले नेपाली काँग्रेसको तर्फबाट निर्वाचित तीन जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ ।

आयोगले मंगलबार एक सूचना जारी गर्दै जुम्ला, नवलपरासी र रुपन्देहीका तीन फरक–फरक तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जानकारी दिएको हो । 

पद रिक्त हुनेहरूमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णु ढकाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस