काठमाडौं । संयुक्तराज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट छ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ । अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
अमेरिकी स्वचालित तथ्याँक प्रशोधन (एपीडी) का प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले गत जुन महिनामा पनि श्रम बजार निकै सुदृढ देखिएको बताउनुभयो । उहाँले सन् २०२१ को शुरुआतदेखि करिब ३० लाख नयाँ रोजगारी सिर्जना भएको जानकारी दिए ।
रिचर्डसनले कोभिड–१९ का कारण सर्वाधिक असर परेको सेवा क्षेत्रले निरन्तर प्रगति गरिरहेको छ भन्नुभयो । होटल, पर्यटन क्षेत्र खुला हुँदै गएका कारण आम रुपमा अर्थतन्त्रमा चहलपहल बढेको छ, उनले भने ।
जुन महिनामा छ लाख २४ हजारले सेवा क्षेत्रमा नयाँ रोजगारी पाएको एपीडीले जनाएको छ । ठूला व्यवसाय तथा मझौला कम्पनीहरुले जुन महिनामा दुई लाख ४० हजारलाई रोजगारी दिएका छन् भने साना कम्पनीहरुले दुई लाख १५ हजार नयाँ रोजगारी सिर्जना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २२ असार २०७८, २१ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण