काठमाडौँ । जारी विश्वकपको समूह चरणबाटै बाहिरिसकेको टर्कीले आफ्नो अन्तिम खेलमा अमेरिकामाथि ३–२ को रोमाञ्चक र सान्त्वना जित दर्ता गरेको छ।
खेलको अन्तिम समयमा टर्कीले दायाँ विङ्गबाट बललाई अगाडि बढाउँदै बायाँतर्फ पास उपलब्ध गराएको थियो, जसमा काअन आयहानले पोस्टको नजिकैबाट बललाई जाली चुमाउँदै टोलीलाई जित दिलाए र टोलीमा खुसीयाली छाएको थियो।
सुरुवाती अग्रता भने अमेरिकाले लिएको थियो। खेल सुरु भएको तेस्रो मिनेटमै अमेरिकाका ए. ट्रस्टीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, अमेरिकाको यो अग्रता धेरै बेर टिक्न सकेन। खेलको १० औँ मिनेटमा टर्कीका युवा स्टार अर्दा गुलेरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ३१ औँ मिनेटमा बी. यिल्माजले गोल गरेपछि पहिलो हाफमा टर्की २–१ ले अगाडि रह्यो।
दोस्रो हाफको सुरुवातमै अमेरिकाले खेलमा पुनरागमन गर्यो। खेलको ४९ औँ मिनेटमा एस. बर्हाल्टरले गोल गर्दै खेललाई २–२ को रोमाञ्चक स्थितिमा पुर्याएका थिए। निर्धारित ९० मिनेटको खेल बराबरीमै सकिए पनि इन्जुरी समयको अतिरिक्त आठौँ मिनेटमा टर्कीका काअन आयहानले निर्णायक गोल गर्दै टर्कीलाई रोमान्चक जित दिलाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०८३, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?
टर्की विश्वकपबाट बाहिरियो
विश्वकपमा क्यानडाको ऐतिहासिक जित : कतार ६-० ले पराजित
विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा
विश्वकपमा जर्मनीको सानदार सुरुवात, कुराकाओ ७–१ ले पराजित