काठमाडौं । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घटेसँगै राजधानी नयाँ दिल्लीमा पनि सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट देखिएको छ ।
दिल्लीमा विगत २४ घण्टाको अन्तरालमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या १२४ म ाझरेको छ । दिल्लीमा सङ्क्रमण दर ०.१७ मा झरेको राज्य सरकारको स्वास्थ्य बुलेटिनमा उल्लेख छ ।
संघीय राजधानीमा सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ९८.११ प्रतिशत कायम भएको छ । यो फेब्रुअरी २१ पछि निको हुनेको उच्च दर हो ।
दिल्लीमा हालसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १४ लाख ३२ हजार २९२ रहेको छ भने अहिलेसम्मको कूल सङ्क्रमित दर ६.८९ प्रतिशत रहेको छ । यहाँ २४ हजार ९१४ सङ्क्रमितको मृत्यु भएको छ जुन १.७४ प्रतिशत हो ।
पछिल्लो २४ घण्टाको अवधिमा दिल्लीमा सात कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । दिल्लीमा अहिलेसम्म १४ लाख पाँच हजार २८७ जना सङ्क्रमणपछि निको भएका छन् । राज्य स्वास्थ्य बुलेटिन अनुसार राष्ट्रिय राजधानीमा ६५ लाख मानिसले कोभिड–१९विरूद्धको एउटा खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ असार २०७८, २१ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली
शनिबार पनि दिल्लीको हावा 'गम्भीर' श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा
दिल्ली प्रहरीले बरामद गर्यो २० अर्ब भारुको कोकिन
दिल्लीका मुख्यमन्त्री केजरीवाल धरौटीमा रिहा