भरतपुर महानगरले साझापुरमा निर्माण गर्यो आपतकालीन सामूहिक आवास भवन (भिडियोसहित)

स्थानियको जिउधनको रक्षाका लागि भवन निकै उपयोगी हुने ठहर

बिनोद रिजाल

विहीबार, ०३ असार २०७८, १८ : १५
भरतपुर महानगरले साझापुरमा निर्माण गर्यो आपतकालीन सामूहिक आवास भवन (भिडियोसहित)

चितवन । भरतपुर महानगरले जिल्लामा नै पहिलो पटक अत्याधुनिक आपतकालीन आवास (ईमरजेन्सी सेल्टर ) सञ्चालनमा ल्याएको छ ।बाढी प्रभावित क्षेत्रको रुपमा परिचित नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरि साझापुरमा आपतकालीन सेल्टर निर्माण गरी प्रयोगमा ल्याएको हो ।

बाढी तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले चितवन जिल्ला कै पहिलो ईमरजेन्सी सेल्टर पश्चिम चितवनको भरतपुर २८ साझापुरमा सञ्चालन गरिएको हो ।

शिलन्यास भएको १८ महिनामा नै भवनको निर्माण सम्पन्न गरिएको महानगरले जनाएको छ । एक करोड ७२ लाख रुपैयाँ भ्याटबाहेकको रकममा निर्माण सम्पन्न २ तले भवनको पहिलो तलमा ठुलो हल र माथिल्लो तलमा अतिआवश्यक सामग्री स्टोर गर्ने कोठा र अफिस कोठा रहेको सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।

जहाँ ६ कठ्ठा ५ घुर जमिनमा २ सय २० वर्गमिटर क्षेत्रफल आगटेको भवनमा अत्याधुनिक अलग अलग महिला र पुरुष शौचालय समेत रहेको छ । भवनको एक औपचारिक कार्यक्रमका विच भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्धघाटन गरिन्  ।सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरसँग समन्वय गरेर निर्माण गरेको भवन मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहलाई आयोजनाका प्रमुख ई प्रंकाश अर्यालले हस्तान्तरण गरेसगैँ उद्धघाटन भएको हो ।

भवनमा विपदको समय उद्धार गरि ल्याइएका पीडितहरुलाई राखिनुका साथै विपदको समय आवश्यक सामग्रीहरु स्टोर गर्ने व्यवस्था समेत रहेको मेयर दाहालले बताइन् ।  भवनमा एक पटकमा २ सय जनालाई राख्न सक्ने क्षमतामा रहेको सो भवन उद्धघाटन गर्दै दाहालले आफुलाई उत्साह जागेको बताईन । उनले सदैव स्थानिय सरकार भरतपुर महानगर गरिब विपन्न जनताको हितमा काम गर्दै आएको बताईन । “लामो कसरतले जनता माझ बोलेका कुरा पुरा भएको छ, उनले भनिन–सधै बाढी प्रभावित हुने वडा नम्बर २७ र २८ सहित आसपासका जनतालाई यसले यो विपदकै घडीमा ठुलो राहत मिल्नेछ । मेयर दाहालले अतिआवश्यक सामग्री स्टोर गर्ने देखि ज्यान जोगाउन नै सेल्टरले अति महत्वपुर्ण भूमिका खेल्ने समेत बताईन ।

साझापुरका स्थानिय बुद्धि कडेँलले यो भवन बनेपछि निकै खुसि लागेको बताए । यसले बोटे, मुसहर र जनजातिलाई अझै सहज भएको उनको भनाई छ । यस्तै उपमेयर पार्वती शाहले बाढी लगायतका विभिन्न जोखिम बाट स्थानियलाई बचाउन  भवन निकै उपयोगी हुने विश्वास व्यक्त गरिन । महानगरले पहिलो चरणमा सघन शहरी तथा भवन निर्माण आयोजनाको समन्वयमा निर्माण भएको सेल्टर महानगरको विपद् जोखिम रहेका अन्य ठाँउमा समेत निर्माण गर्ने प्रतिवद्धता जनाईन । उनले यसको सहि सदुपयोग गरेर अगाडी सुझाव दिईन ।

भवन निर्माणले गर्दा अबका दिनमा जुनसुकै प्राकृतिक विपत्ती आउदा अन्यत्र वा विद्यालयमा राख्नुपर्ने बाध्यता हटेकोमा स्थानिय श्याम अधिकारी ले खुसि ब्यक्त गरे । महानगरसगैँ जिल्लाकै सबै प्रभावित ठाँउमा यस्तै सेल्टर बनाएर जनतालाई सुरक्षित अनुभुति गराउन उनले माग पनि गरे ।

 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस