काठमाडौँ । चितुवाको छालासहति आज प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । यहाँको कीर्तिपुरस्थित ढल्पा क्षेत्रमा दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले खोजतलास गर्दा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दार्चुलाका २३ वर्षीय गिरीराज ठगुन्ना र बझाङ घर भई कीर्तिपुर बस्ने वर्ष २९ को नारायणवहादुर सिंह रहेका छन् । उनीहरूको साथबाट चितुवाको छालासमेत बरामद भएकाले थप कारावहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैबीच काठमाडौँ महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको साङ्ग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेलधुरा सेतीवेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजारसहित पक्राउ गरेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २७ जेठ २०७८, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
अवैध लागू औषधसहित दुई जना पक्राउ