एमालेका नेता कोइरी पक्राउ

सफल खबर संवाददाता

विहीबार, १८ असार २०८३, २० : ५६
एमालेका नेता कोइरी पक्राउ

काठमाडौँ ।थमन विक हत्या प्रकरणमा उच्च अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार कोइरीलाई महोत्तरी जिल्लाको गौशाला क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। प्रहरी प्रवक्ता एवं डिएसपी पञ्चलाल गोलेले उच्च अदालत जनकपुरको फैसलाको कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जानकारी दिए।

यसअघि उक्त मुद्दामा महोत्तरी जिल्ला अदालतले कोइरीलाई सफाइ दिएको थियो। तर, उच्च अदालत जनकपुरले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई पाँच वर्ष कैद सजाय हुने निर्णय गरेको थियो।

प्रहरीले पक्राउपछि कोइरीलाई हिरासतमा राखिएको जनाएको छ। डिएसपी गोलेका अनुसार उनलाई शुक्रबार अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस