काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अमेरिका पठाउन लागिएको सुनचाँदीका गहनासहित दुई जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंगलवार बेलुका १७: ३० बजे कार्गो कम्प्लेक्स भवनमा जाँच गर्ने क्रममा उक्त अवैध सामग्री बरामद गरिएको हो।
पक्राउ पर्नेहरूमा ४६ वर्षीय यज्ञराज सुवेदी र ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन् । एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउन लागिएको ‘मेनिफेस्ट नं.एएमएस एपी ३२१ भएको कार्गो बाकसमा जुत्ता, पाइन्ट, सारी र अन्य कपडा फेला परेको हो।
प्रहरीले सुनको गहनाहरू नौगेडी, चन्द्रमा, जन्तर, सिंगल र डबल ब्रोच, शिरफूल, नेपालको झण्डा अङ्कित ब्रोच, खुकुरी आकारको ब्रोच, मङ्गलसूत्र, मोतीमाला, रानीहार र त्रिशूल बरामद गरेको छ ।
त्यस्तै चाँदीको गोलो र चारपाटे नेकलेस, काँडावाला चुरा, यार्लिङसहितको शिरबन्दी सेट, झुम्का, तिलहरी र सिक्री बरामद गरिएको छ । सुवेदी युनिक कार्गोका सञ्चालक हो भने, दाहाल एपेक्स लजिस्टिक प्रालिका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै व्यक्ति र बरामद गहना आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको सिलवालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असार २०८३, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?