काठमाडौं । वैकल्पिक विधिमार्फत् भइरहेको कक्षलाई निरन्तरता दिन, बाँकी कक्षा सञ्चालन गर्न र रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट लिन आवश्यक व्यवस्था मिलाउन सम्बन्धित विभाग तथा क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले आग्रह गरेको छ ।
उपकुलपति धर्मकान्त बास्कोटाले एक विज्ञप्ति जारी गर्दैसम्पर्कमा नभएका विद्यार्थीलाई पनि तत्काल आ(आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयर्का सम्पर्कमा आउन आग्रह गरेका हुन् ।
कोभिड–१९ को दोस्रो लहरमा पुनः सञ्चालन भइरहेको पठनपाठन तथा परीक्षा स्थागित गर्नु परेको र संक्रमणका कारण कतिपय विद्यार्थी तथा शिक्षकले ज्यान गुमाउनु परेकोमा उनले शोकसमेत प्रकट गरेका छन् । यो सयमा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रहन समेत उनको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ जेठ २०७८, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्टिएन त्रिविको समस्या : पदाधिकारी अझै कार्यकक्षबाहिरै
त्रिविद्वारा सरकारसँग सुरक्षा माग
पठनपाठन रोकिएपछि त्रिविमा इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन
त्रिविमा नेविसंघको प्रदर्शन
त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत