काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा पुनः परीक्षा गर्ने निर्णय गरेको छ ।
वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र शिक्षा शास्त्र संकायको गत भदौ २२ गते देखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो ।
२२ गते र २३ गतेका परीक्षाहरूको उत्तर पुस्तिकाहरू सुरक्षाका दृष्टिले नजिकको प्रहरी चौकीमा राखिएको थियो । आन्दोलनमा चौकी जलाएपछि उत्तरपुस्तिका जलेका हुन् ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२ गते बसेका बैठकले परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको हो ।
सम्बन्धित परीक्षा केन्द्र तथा सो केन्द्रमा परेका क्याम्पसहरूले आ-आफ्ना विद्यार्थीहरूलाई उक्त दिनहरूका परीक्षा पुनः दिनु पर्ने बल्खुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तर पुस्तिका जले
त्रिविद्वारा उपप्राध्यापक पदमा दरखास्त आह्वान
सल्टिएन त्रिविको समस्या : पदाधिकारी अझै कार्यकक्षबाहिरै
त्रिविद्वारा सरकारसँग सुरक्षा माग
पठनपाठन रोकिएपछि त्रिविमा इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन
त्रिविमा नेविसंघको प्रदर्शन