त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी

सफल खबर संवाददाता

शुक्रबार, ०४ बैशाख २०८३, १४ : १२
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अन्य अचल सम्पत्ति अतिक्रमण वा अनधिकृत प्रयोगमा रहेको पाइएपछि ती सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न सम्बन्धित पक्षलाई औपचारिक निर्देशन दिएको छ ।

विश्वविद्यालयले केही व्यक्ति, संस्था तथा कम्पनीहरूले कानुनी प्रावधान विपरीत आफ्ना जग्गा तथा सम्पत्तिमा कब्जा, प्रयोग वा नियन्त्रण कायम गरेको निष्कर्षसहित सो फिर्ता प्रक्रिया तत्काल सुरु गर्न आग्रह गरेको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सामान्य प्रशासन शाखाले जारी गरेको सूचनामा तोकिएको समय सीमाभित्र सम्पत्ति फिर्ता नगरे प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने स्पष्ट चेतावनी समेत दिइएको छ ।

विश्वविद्यालय प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षण र दुरुपयोग रोक्नका लागि यस्तो कदम आवश्यक भएको जनाएको छ ।