काठमाडौँ । कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न गरिएको निषेधाज्ञाबाट प्रताडित निजी क्षेत्र पछिल्ला राजनीतिक घटनाक्रमबाट थप निराश देखिएको छ ।
प्रतिनिधिसभा नै विघटन भई अध्यादेशबाट बजेट आउने निश्चित जस्तै भएपछि निजी क्षेत्रसँग सम्बद्ध मुद्दा ओझेलमा पर्ने भएका छन् ।
कोभिडकै परिस्थितिलाई दृष्टिगत गर्दै निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले दर्जनौं एजेन्डासहित अर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिइसकेका छन् ।
अध्यादेशबाट नियमित बजेटको सम्भावना रहेपछि निजी क्षेत्रले पनि अब स्वास्थ्य र कोभिडले प्रभावित क्षेत्रको पुनरुत्थानमा मात्रै जोड दिएको छ । कोभिडको दोस्रो लहर र थप आउन सक्ने चुनौतीलाई दृष्टिगत गरी बजेटको प्राथमिकता खोप, स्वास्थ्य पूर्वाधार र पुनरुत्थानमा हुनुपर्ने उनीहरू बताउँछन् ।
‘अहिले महामारी बढेको छ । बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्र भनेको कोभिडको रोकथाम र यसका लागि चाहिने पूर्वाधार नै हो । सरकारले विशेषतः खोपलाई नै प्राथमिकता दिनुपर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले भने, ‘अहिले महासंघले पनि आफ्ना एजेन्डालाई कोभिड लक्षित गरेको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ११ जेठ २०७८, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने