काठमाडौँ । कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न गरिएको निषेधाज्ञाबाट प्रताडित निजी क्षेत्र पछिल्ला राजनीतिक घटनाक्रमबाट थप निराश देखिएको छ ।
प्रतिनिधिसभा नै विघटन भई अध्यादेशबाट बजेट आउने निश्चित जस्तै भएपछि निजी क्षेत्रसँग सम्बद्ध मुद्दा ओझेलमा पर्ने भएका छन् ।
कोभिडकै परिस्थितिलाई दृष्टिगत गर्दै निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले दर्जनौं एजेन्डासहित अर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिइसकेका छन् ।
अध्यादेशबाट नियमित बजेटको सम्भावना रहेपछि निजी क्षेत्रले पनि अब स्वास्थ्य र कोभिडले प्रभावित क्षेत्रको पुनरुत्थानमा मात्रै जोड दिएको छ । कोभिडको दोस्रो लहर र थप आउन सक्ने चुनौतीलाई दृष्टिगत गरी बजेटको प्राथमिकता खोप, स्वास्थ्य पूर्वाधार र पुनरुत्थानमा हुनुपर्ने उनीहरू बताउँछन् ।
‘अहिले महामारी बढेको छ । बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्र भनेको कोभिडको रोकथाम र यसका लागि चाहिने पूर्वाधार नै हो । सरकारले विशेषतः खोपलाई नै प्राथमिकता दिनुपर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले भने, ‘अहिले महासंघले पनि आफ्ना एजेन्डालाई कोभिड लक्षित गरेको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ११ जेठ २०७८, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'