काठमाडौं । देशमा कोरोना कहर चाप बढिरहँदा सेयर बजारमा भने उछाल आएको छ।
निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्रायः हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ। जसका कारण सेयर बजारमा हरियाली छाउनुका साथै नयाँ रेकर्डसमेत बनेको छ।
साताको पहिलो कारोबार दिनमा नेप्से परिसूचक ५४.२१ अङ्कले बढेर २७३८.२९ को बिन्दुमा पुगेको छ। यो नयाँ रेकर्ड हो। त्यस्तै, कारोबार पनि १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपियाँको भएको छ। यो उच्च कारोबार हो।
नेप्सेको अनलाइन सिस्टममा सुधार आउँदा, बजारमा प्रशस्त तरलता हुँदा र विदेशमा बस्ने नेपालीले समेत सहजै लगानी गर्नसक्ने अवस्थाका कारण अहिलेको बजार बढेको लगानीकर्ताहरुको भनाइ छ ।
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारको नजरमा बजार बढ्नुको कारण– अहिले पँुजी बजार बढ्नुमा विभिन्न कारण रहेका छन्। सबैभन्दा महत्वपूर्ण पक्ष भनेको बैङ्कहरूमा प्रशस्त तरलता रहेको छ।
८ र त्योभन्दा पनि कम प्रतिशत ब्याजमा तीन÷चार दिनमा ऋण पाइने अवस्था छ। ऋण लगानी गर्न बैङ्कहरू सम्पूर्ण कागजात बोकेर घरघरसम्म पुगेको अवस्था छ।
बैङ्कको बेस रेट घटेको छ। गत वर्ष अनलाइन सेवाको विकास हुन नसक्दा करिब ५० दिन बजार बन्द गर्नुपरेको थियो। अहिले त्यसमा निकै सुधार भएको छ।
जसका कारण मार्केटमा स्वदेश विदेश जहाँसुकैबाट पनि लगानी आउन सम्भव भएको छ।अहिले गैरआवासीय नेपालीले ठूलो मात्रामा आफन्तको नाममा सेयर लगानी गरिरहेका छन्।
कोरिया, जापान र खाडी मुलुकबाट पनि ठूलो मात्रामा लगानी आइरहेको छ। मेरो अनुमानअनुसार कोरिया र जापानबाट मात्र करिब १० खर्बभन्दा बढी पुँजी भित्रिनसक्ने अवस्था छ। अन्य मुलुकमा रोजगारी गर्नेले पनि डिम्याटमा लगानी थुपारिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०३ जेठ २०७८, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २७३९ अंकमा
सेयर बजार २७६७ अंकमा झर्यो
सेयर बजारका सबै सूचक बढे, कारोबार घट्यो
नेप्से परिसूचक ९ अंकले बढ्यो
सेयर बजारका सबै सूचक घटे
बढ्यो सेयर बजार, ७ अर्ब ४६ करोडको कारोबार