काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरबाट सिर्जित परिस्थिति नियन्त्रण र समग्र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ।
विद्यमान परिस्थिति र सरोेकारवाला विभिन्न पक्षको सुझावलाई समेत ध्यान दिँदै बजेटको प्रारम्भिक रूपरेखा तयार भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।
“बजेटको प्राविधिक तयारीको काम रफ्तारमा भइरहेको छ,” उनले भने, “अहिलेसम्म प्रारम्भिक खाका बनिसकेको छ।”
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नै बजेट ल्याउनुपर्ने हुन्छ। सोही मितिलाई लक्षित गर्दै समय तालिकाअनुसार नै बजेट निर्माणको काम भइरहेको श्रेष्ठले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०३ जेठ २०७८, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने