काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरबाट सिर्जित परिस्थिति नियन्त्रण र समग्र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ।
विद्यमान परिस्थिति र सरोेकारवाला विभिन्न पक्षको सुझावलाई समेत ध्यान दिँदै बजेटको प्रारम्भिक रूपरेखा तयार भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।
“बजेटको प्राविधिक तयारीको काम रफ्तारमा भइरहेको छ,” उनले भने, “अहिलेसम्म प्रारम्भिक खाका बनिसकेको छ।”
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नै बजेट ल्याउनुपर्ने हुन्छ। सोही मितिलाई लक्षित गर्दै समय तालिकाअनुसार नै बजेट निर्माणको काम भइरहेको श्रेष्ठले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०३ जेठ २०७८, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'