काठमाडौं । केपी ओली फेरि प्रधानमन्त्री बन्ने भएका छन् । वैकल्पिक सरकार बनाउनका लागि दौडधूप गरेका काँग्रेस र माओवादीले बहुमत जुटाउन नसकेपछि ओलीले प्रधानमन्त्रीमा दोहोरिने भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदैछ । ओली जसपालाई साथ लिएर बहुमतकै प्रधानमन्त्री बन्ने अड्कलबाजी उत्तिकै भइरहेको छ भने त्यसो हुन नसके ७४(३) अनुसार ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्नेछन् । उनी आजै प्रधानमन्त्रीमा नियुक्त हुने सम्भावना रहेको स्रोतको भनाइ छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरिएको भएपनि अन्तिम समयमा आएर नेकपा एमालेको नेपाल खनाल पक्षले असहयोग र जसपाकै महन्थ ठाकुर केपी ओलीतिर ढल्किँदा वैकल्पिक सरकार बनाउने योजना तुहिएको थियो । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली वैशाख २७ मा पदमुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?
जाँचबुझ आयोगलाई थर्काउँदै ओली, बयान मात्रै लिन खोजिए पनि प्रतिवाद
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
जेनजी आन्दोलनबारे ओलीको ब्याख्यामा पार्टीभित्रै सशक्त प्रतिवाद