काठमाडौं । केपी ओली फेरि प्रधानमन्त्री बन्ने भएका छन् । वैकल्पिक सरकार बनाउनका लागि दौडधूप गरेका काँग्रेस र माओवादीले बहुमत जुटाउन नसकेपछि ओलीले प्रधानमन्त्रीमा दोहोरिने भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदैछ । ओली जसपालाई साथ लिएर बहुमतकै प्रधानमन्त्री बन्ने अड्कलबाजी उत्तिकै भइरहेको छ भने त्यसो हुन नसके ७४(३) अनुसार ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्नेछन् । उनी आजै प्रधानमन्त्रीमा नियुक्त हुने सम्भावना रहेको स्रोतको भनाइ छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरिएको भएपनि अन्तिम समयमा आएर नेकपा एमालेको नेपाल खनाल पक्षले असहयोग र जसपाकै महन्थ ठाकुर केपी ओलीतिर ढल्किँदा वैकल्पिक सरकार बनाउने योजना तुहिएको थियो । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली वैशाख २७ मा पदमुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता