काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोरोना संक्रमितको उपचार र रोकथाममा सरकार गम्भीर नबनेको आरोप लगाएका छन् । नेता श्रेष्ठले कोरोना संक्रमित अक्सिजन नपाएर मरे पनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताएका छन् ।
सामाजिक संजालमा ट्वीट गर्दैै श्रेष्ठले गर्न सक्ने काम पनि नगरी जनता मारेर यो सरकार कसरी बस्न सकेको छ भन्दै प्रश्न समेत गरेका छन् । अक्सिजनलगायत व्यवस्थापन गर्न सकिने भए पनि सरकारले गैरजिम्मेवारीपन देखाएको उनको आरोप छ ।
ट्वीटमा उनले भनेका छन–‘यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो,’ आइसियू र भेन्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोरोना संक्रमित बिरामी हेर्दाहेर्दै मरिरहेका छन्।’
जस्ताको तस्तै नेता श्रेष्ठको ट्वीट
यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो। आइसियु र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन्। उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नु परेकोमा रुँदै कराइरहेका छन्। राजधानीका कतिपय ठूला अस्पतालले भर्ना भई उपचाररत कोभिड बिरामीलाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पतालबाट बाहिर पठाइरहेका छन् भने कतिपय अस्पतालले अब कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन्।
बुटवल लगायतका अस्पतालले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामीको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारीबाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा सन्तोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ।
यसरी गर्न सक्ने काम पनि नगरी जनता मारेर बस्न कसरी सकेको छ सरकार ?यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको असाधारण नमूनायोग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ(आफ्नो ठाँउबाट जे(जे गर्न सकिन्छ, सबै लागौं।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नारायणकाजी श्रेष्ठ
कुलिङ पिरियडसम्बन्धी विधेयकमा हेरफेर सुनियोजित अपराध हो : नारायणकाजी श्रेष्ठ
निजामती ऐन र शिक्षा ऐनलाई छिटो अघि बढाउन नारायणकाजी श्रेष्ठ आग्रह
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी श्रेष्ठ
माओवादी महाधिवेशन सकेर निर्वाचनको तयारीमा होमिन्छ : नारायणकाजी श्रेष्ठ
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ