काठमाडौँ । प्रतिनिधिसभा बैठकमा जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवको प्रधानमन्त्री केपी ओलीलाई हेर्ने नजर फरकफरक भएको पाइयो । सम्बोधनका क्रममा दुई नेताको प्रधानमन्त्री ओलीप्रति नरम र गरम अभिव्यक्ति आए । ठाकुर प्रधानमन्त्री केपी ओलीप्रति नरम रुपमा प्रस्तुत भए भने यादव गरम रुपमा प्रस्तुत भएर त्यस्तै अभिव्यक्ति दिए ।
विश्वासको मत लिनका लागि डाकिएको बैठकमा नेता यादवले प्रधानमन्त्री ओलीलाई संघीयता विरोधी भएको आरोप लगाए । ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा उभिएको आरोप लगाए । उनी आफू र आफ्नो पार्टी प्रधानमन्त्री ओलीको विपक्षमा उभिने बताए । अर्का अध्यक्ष ठाकुरले ओलीले आफूहरुको केही माग सम्बोधन गरेको भएपनि त्यो अझै पर्याप्त नभएकाले आफू तटस्थ बस्ने बताए । ‘हामी यो प्रस्तावको पक्षमा पनि छैन, विपक्षमा पनि छैन’, उनले भने ।
जसपा अध्यक्ष ठाकुरले प्रतिनिधिसभाको बैठकमा आफ्नो पार्टी विश्वासको मत दिने वा नदिने दुवै पक्षमा नउभिने बताउँदै गर्दा अध्यक्ष यादवले मत नदिने स्पष्ट पारेका थिए । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले भने ‘विश्वासको पक्षमा मत दिन सक्दैनौं, विपक्षमा मतदान गर्छौं ।’ जसपाले विश्वासको मत सम्बन्धी प्रस्तावबारे हुने मतविभाजनमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो । प्रतिनिधिसभाको बैठकमा ठाकुर पक्षका सांसदहरू तटस्थ रहने र यादव पक्षका सांसदहरूले विश्वासको मतको विपक्षमा मत दिने सम्भावना बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै