काठमाडौँ । प्रतिनिधिसभा बैठकमा जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवको प्रधानमन्त्री केपी ओलीलाई हेर्ने नजर फरकफरक भएको पाइयो । सम्बोधनका क्रममा दुई नेताको प्रधानमन्त्री ओलीप्रति नरम र गरम अभिव्यक्ति आए । ठाकुर प्रधानमन्त्री केपी ओलीप्रति नरम रुपमा प्रस्तुत भए भने यादव गरम रुपमा प्रस्तुत भएर त्यस्तै अभिव्यक्ति दिए ।
विश्वासको मत लिनका लागि डाकिएको बैठकमा नेता यादवले प्रधानमन्त्री ओलीलाई संघीयता विरोधी भएको आरोप लगाए । ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा उभिएको आरोप लगाए । उनी आफू र आफ्नो पार्टी प्रधानमन्त्री ओलीको विपक्षमा उभिने बताए । अर्का अध्यक्ष ठाकुरले ओलीले आफूहरुको केही माग सम्बोधन गरेको भएपनि त्यो अझै पर्याप्त नभएकाले आफू तटस्थ बस्ने बताए । ‘हामी यो प्रस्तावको पक्षमा पनि छैन, विपक्षमा पनि छैन’, उनले भने ।
जसपा अध्यक्ष ठाकुरले प्रतिनिधिसभाको बैठकमा आफ्नो पार्टी विश्वासको मत दिने वा नदिने दुवै पक्षमा नउभिने बताउँदै गर्दा अध्यक्ष यादवले मत नदिने स्पष्ट पारेका थिए । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले भने ‘विश्वासको पक्षमा मत दिन सक्दैनौं, विपक्षमा मतदान गर्छौं ।’ जसपाले विश्वासको मत सम्बन्धी प्रस्तावबारे हुने मतविभाजनमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो । प्रतिनिधिसभाको बैठकमा ठाकुर पक्षका सांसदहरू तटस्थ रहने र यादव पक्षका सांसदहरूले विश्वासको मतको विपक्षमा मत दिने सम्भावना बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा