काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लिने भनिएको विश्वासको मतका लागि प्रतिनिधिसभामा रहेका सांसदहरुको बहुमत पुग्न नसकेमा कुन–कुन पार्टी मिलेर नयाँ सरकार बनाउँछन् भन्नेमा अन्योल नै रहेको छ ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले विश्वासको मतको विपक्षमा भोट दिने, जनता समाजवादी पार्टी तटस्थ बस्ने र सांसद माधव नेपाल समूहले पनि विश्वासको मतको पक्षमा भोट नहाल्ने देखिएपछि प्रधानमन्त्री ओली अल्पमतमा पर्ने निश्चित जस्तै छ ।
नेपाल पक्ष र प्रधानमन्त्री ओली पक्षबीच छलफल गर्ने क्रम बढेसँगै विश्वासको मतका लागि भोट दिने बेलासम्म उनीहरू सहमतिमा आउन पनि सक्ने कतिपयको आँकलन छ । उनीहरूबीच सहमति भइहालेमा पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा प्रतिनिधिसभामा बहुमत पु¥याउन ओली सरकारले अन्य दलको सहारा लिनैपर्ने हुन्छ । बहुमत पु¥याउन १ सय ३६ सांसद चाहिन्छ ।
हाल प्रतिनिधिसभामा नेपाल कम्युनिस्ट पार्टी एमालेको १ सय २१, नेपाली कांग्रेसको ६३, माओवादीको ४९, जनता समाजवादी पार्टी (जसपा) को ३२ र अन्य दलको तीन सदस्य रहेका छन् ।ओलीको सरकार नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम गठन भएको हो । विश्वासको मतमा प्रधानमन्त्री असफल भएमा सोही धाराको उपधारा (२) बमोजिम सरकार गठन गर्नुपर्ने हुन्छ ।
प्रतिनिधिसभामा कुनै पनि पार्टीको स्पष्ट बहुमत नभएका कारण उपधारा (२) बमोजिम सरकार गठन गर्न दुई वा दुईभन्दा बढी पार्टीको गठबन्धन हुनैपर्ने हुन्छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २७ बैशाख २०७८, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी